दफा २८
विवाह दर्ता सम्बन्धी व्यवस्था
(१) कारागारमा रहेका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्न चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनु पर्नेछ।
(२) उपदफा (१) बमोजिमको निवेदन पेश भएकोमा कारागार प्रशासकले विवाह दर्ताको लागि सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम लेखी पठाएकोमा प्रचलित कानून बमोजिम उक्त बिवाह दर्ता हुन सक्ने भनी सम्बन्धित निकायले कारागार कार्यालयलाई लेखी पठाएमा कारागार प्रशासकले विवाह दर्ता गर्ने दिन सम्बन्धित बन्दीलाई सुरक्षाकर्मी साथ लगाई विवाह दर्ता गर्न जाने अनुमति दिनु पर्नेछ।